लोगो
छन्द परिचय

यदक्षरपरिमाणं तच्छन्दः अर्थात् जसमा वर्ण या अक्षरको सङ्ख्या निर्धारित हुन्छ, त्यसलाई छन्द भनिन्छ । छन्द भनेको लयविशेषको नाम हो । वेदका छ अङ्गहरूमध्ये छन्दलाई वेदको पाउको रूपमा स्वीकार गरिएको छ । वेदका प्रत्येक मन्त्रहरू छन्दमा नै रहेका छन् । छन्दको ज्ञानविना ती मन्त्रहरूले बताउन खोजेको अर्थलाई बुझ्न सकिँदैन एवम् मन्त्र गुनगुनाउन पनि गाह्रो हुन्छ । वैदिक साहित्यको मौलिक आधार नै छन्द हो। हाम्रा सबै शास्त्रहरू छन्दमा नै रचिएका छन् । शास्त्रहरूको अर्थ केलाउनका लागि छन्दले ठुलो भूमिका खेलेको हुन्छ ।

आश्रम छवि
आश्रम छवि
पृष्ठभूमि

वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवर्धन र प्रचारप्रसार गरी वैदिक वाङ्मय एवं संस्कृतभित्र निहित ज्ञानविज्ञानको महत्त्व दर्शाउनु वाञ्छनीय छ । विश्वमा संस्कृतको महत्त्व बढिरहेको परिप्रेक्ष्यमा अध्ययन, अनुसन्धान, विश्लेषण तथा खुला, पारदर्शी, न्यायपूर्ण, आत्मनिर्भर र समतामूलक समाज निर्माण गर्ने कार्यमा आवश्यक अध्ययन-अनुसन्धान गर्दै वर्तमान र भावी पुस्ताका नेपाली एवं विश्वसमुदायलाई समेत गुठीको उद्देश्य पूर्तिका लागि प्रोत्साहित र अभिप्रेरित गर्न नागरिकस्तरमा एक अध्ययन, अनुसन्धान र जागरणमूलक गुठी स्थापना गर्न वाञ्छनीय भएकाले डा. स्वामी केशवानन्द गिरिज्यूको सत्सङ्कल्पमा वैदिक अनुसन्धान गुठी स्थापना गरिएको हो ।

हाम्रा उद्देश्यहरू

महत्त्वपूर्ण ज्ञानको संरक्षण

प्राचीन ग्रन्थहरू र मौलिक परम्पराहरूबाट प्राप्त ज्ञान सङ्कलन गरी वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने ।

काव्यिक उत्कृष्टता

सबै मानिसहरूका लागि काव्यिक प्रतिभा विकासको वातावरण प्रदान गरी सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुऱ्याउने ।

लय, भाव र माधुर्य

ज्ञानको गहिराईलाई लय, भाव र माधुर्य प्रदान गरी काव्यिक आनन्दको अलौकिक अनुभव प्रदान गराउने ।

उपकरणका विशेषता

छन्द परीक्षण उपकरण

प्रयोगकर्ताहरूलाई छन्द, गण, अक्षरको परीक्षण गरी वास्तविकताको बोध गराउँछ ।

लक्षण र उदाहरण

छन्दजिज्ञासुहरूका लागि छन्दका लक्षण, उदाहरण आदि उपलब्ध गराउँछ ।

श्रव्य - दृश्य शिक्षा

अभ्यासका लागि प्रचलित छन्दहरूको श्रव्य-दृश्य सामग्रीका माध्यमले प्रशिक्षण गराउँछ ।

आवाज र OCR समर्थन

पाठहरू विद्युतीकरण गर्नका लागि उन्नत आवाज र अक्षर पहिचान गर्ने उपकरण उपलब्ध छ ।

© २०८२ वैदिक अनुसन्धान गुठी सर्वाधिकार सुरक्षित ।

परिप्रश्न गोपनीयताको नीति सेवा र शर्तहरू