विभिन्न छन्दका प्रकारहरूलाई विस्तृत विवरण र उदाहरणसहित अभ्यास गर्नुहोस्।
अनुष्टुभ्
लौकिकम्
अनुष्टुप् छन्दमा सबै पाउमा छैठौँ अक्षर दीर्घ र पाचौँ अक्षर ह्रस्व हुन्छ। दोस्रो र चौथो पाउको सातौँ अक्षर ह्रस्व हुन्छ र पहिलो र तेस्रो पाउको सातौँ अक्षर दीर्घ हुन्छ।
श्लोके षष्ठं गुरु ज्ञेयं सर्वत्र लघु पञ्चमम्।
इन्द्रवज्रा
लौकिकम्
त त ज गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द इन्द्रवज्रा हुन्छ।
स्यादिन्द्रवज्रा यदि तौ जगौ गः ।
उपेन्द्रवज्रा
लौकिकम्
ज त ज गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द उपेन्द्रवज्रा हुन्छ ।
उपेन्द्रवज्रा जतजास्ततो गौ ।
उपजाति
लौकिकम्
एउटा पाउ वा दुइटा पाउ वा तीनैवटा पाउमा परस्पर दुइटा छन्दहरू मिसिँदा उपजाति छन्द हुन्छ। उपजातिका चौध भेदहरू छन्।
अन्य इन्द्रवज्रा र वंशस्थ मिसिँदा पनि उपजाति हुन्छ। त्यसैगरी जगती आदि वैदिक छन्दहरू मिसिँदा पनि उपज…
एकत्र पादे चरणद्वये वा, पादत्रये वाऽन्यतरः स्थितश्
इन्दिरा
लौकिकम्
न र र गण र ल ग (ह्रस्व, गुरुवर्ण) भएको छन्द इन्दिरा हुन्छ।
हि नररालगैरिन्दिरा स्मृता ।
दोधक
लौकिकम्
भ भ भ गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द दोधक हुन्छ।
दोधकमिच्छति भत्रितयाद्गौ
तोटक
लौकिकम्
चार स गण भएको छन्द तोटक हुन्छ।
वद तोटकमब्धिसकारयुतम् ।
वसन्ततिलका
लौकिकम्
त भ ज ज गण ग ग (दुई गुरुवर्ण) भएको छन्द वसन्ततिलका हुन्छ।
उक्ता वसन्ततिलका तभजा जगौ गः ।
स्वागता
लौकिकम्
र न भ गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द स्वागता हुन्छ।
स्वागतेति रनभाद्गुरुयुग्मम् ।
भुजङ्गप्रयात
लौकिकम्
चार य गण भएको छन्द भुजङ्गप्रयात हुन्छ।
भुजङ्गप्रयातं चतुर्भिर्यकारैः ।
द्रुतविलम्बित
लौकिकम्
न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ।
द्रुतविलम्बितमाह नभौ भरौ ।
रथोद्धता
लौकिकम्
र न र गण ल ग (ह्रस्व, गुरु) भएको छन्द रथोद्धता हुन्छ।
रात्परैर्नरलगै रथोद्धता ।
शालिनी
लौकिकम्
म त त गण ग ग (दुई गुरुवर्ण) भएको छन्द शालिनी हुन्छ। यसको सुरुको चारौँ वर्णमा र त्यसपछिको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ
मात्तौ गौ चेच्छालिनी वेदलोकैः ।
वंशस्थ
लौकिकम्
ज त ज र गण भएको छन्द वंशस्थ हुन्छ।
जतौ तु वंशस्थमुदीरितं जरौ ।
पञ्चचामर
लौकिकम्
ज र ज र ज गण ग (गुरुवर्ण) भएको छन्द पञ्चचामर हुन्छ।
जरौ जरौ ततो जगौ च पञ्चचामरं वदेत् ।
स्रग्विणी
लौकिकम्
चार र गण भएको छन्द स्रग्विणी हुन्छ।
कीर्तितैषा चतूरेफिका स्रग्विणी ।
मालिनी
लौकिकम्
न न म य य गण भएको छन्द मालिनी हुन्छ। यसको सुरुको आठौँ वर्णमा र त्यसपछिको सातौँ अर्थात् अन्त्यमा विश्राम हुन्छ।
ननमयय-युतेयं मालिनी भोगिलोकैः ।
मन्दाक्रान्ता
लौकिकम्
म भ न त त गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ। यसको सुरुको चारौँ वर्ण, त्यसपछिको छैठौँ वर्ण र बाँकीको सातौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।
पृथ्वी
लौकिकम्
ज स ज स य गण ल ग (ह्रस्व, दीर्घ) भएको छन्द पृथ्वी हुन्छ। यसको सुरुको आठौँ वर्णमा र त्यसपछिको नवौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
जसौ जसयला वसु-ग्रहयतिश्च पृथ्वी गुरुः ।
शिखरिणी
लौकिकम्
म र भ न य य य गण भएको छन्द स्रग्धरा हुन्छ। यसको सुरुको सातौँ वर्ण, त्यसपछिको सातौँ वर्ण र बाँकीको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
रसै रुद्रैश्छिन्ना, यमनसभलागः शिखरिणी ।
शार्दूलविक्रीडित
लौकिकम्
म स ज स त त गण, ग (एक गुरुवर्ण) भएको छन्द शार्दूलविक्रीडित हुन्छ। यसको सुरुको बाह्रौँ वर्ण र त्यसपछिको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।