लोगो
Sanskrit Chhanda Examples

महत्त्वपूर्ण छन्द एवम् लय

विभिन्न छन्दका प्रकारहरूलाई विस्तृत विवरण र उदाहरणसहित अभ्यास गर्नुहोस्।
अनुष्टुभ्
अनुष्टुभ्
लौकिकम्
अनुष्टुप् छन्दमा सबै पाउमा छैठौँ अक्षर दीर्घ र पाचौँ अक्षर ह्रस्व हुन्छ। दोस्रो र चौथो पाउको सातौँ अक्षर ह्रस्व हुन्छ र पहिलो र तेस्रो पाउको सातौँ अक्षर दीर्घ हुन्छ।
श्लोके षष्ठं गुरु ज्ञेयं सर्वत्र लघु पञ्चमम्।
इन्द्रवज्रा
इन्द्रवज्रा
लौकिकम्
त त ज गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द इन्द्रवज्रा हुन्छ।
स्यादिन्द्रवज्रा यदि तौ जगौ गः ।
उपेन्द्रवज्रा
उपेन्द्रवज्रा
लौकिकम्
ज त ज गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द उपेन्द्रवज्रा हुन्छ ।
उपेन्द्रवज्रा जतजास्ततो गौ ।
उपजाति
उपजाति
लौकिकम्
एउटा पाउ वा दुइटा पाउ वा तीनैवटा पाउमा परस्पर दुइटा छन्दहरू मिसिँदा उपजाति छन्द हुन्छ। उपजातिका चौध भेदहरू छन्। अन्य इन्द्रवज्रा र वंशस्थ मिसिँदा पनि उपजाति हुन्छ। त्यसैगरी जगती आदि वैदिक छन्दहरू मिसिँदा पनि उपज…
एकत्र पादे चरणद्वये वा, पादत्रये वाऽन्यतरः स्थितश्
इन्दिरा
इन्दिरा
लौकिकम्
न र र गण र ल ग (ह्रस्व, गुरुवर्ण) भएको छन्द इन्दिरा हुन्छ।
हि नररालगैरिन्दिरा स्मृता ।
दोधक
दोधक
लौकिकम्
भ भ भ गण र ग ग (दुई गुरुवर्ण) भएको छन्द दोधक हुन्छ।
दोधकमिच्छति भत्रितयाद्गौ
तोटक
तोटक
लौकिकम्
चार स गण भएको छन्द तोटक हुन्छ।
वद तोटकमब्धिसकारयुतम् ।
वसन्ततिलका
वसन्ततिलका
लौकिकम्
त भ ज ज गण ग ग (दुई गुरुवर्ण) भएको छन्द वसन्ततिलका हुन्छ।
उक्ता वसन्ततिलका तभजा जगौ गः ।
स्वागता
स्वागता
लौकिकम्
र न भ गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द स्वागता हुन्छ।
स्वागतेति रनभाद्गुरुयुग्मम् ।
भुजङ्गप्रयात
भुजङ्गप्रयात
लौकिकम्
चार य गण भएको छन्द भुजङ्गप्रयात हुन्छ।
भुजङ्गप्रयातं चतुर्भिर्यकारैः ।
द्रुतविलम्बित
द्रुतविलम्बित
लौकिकम्
न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ।
द्रुतविलम्बितमाह नभौ भरौ ।
रथोद्धता
रथोद्धता
लौकिकम्
र न र गण ल ग (ह्रस्व, गुरु) भएको छन्द रथोद्धता हुन्छ।
रात्परैर्नरलगै रथोद्धता ।
शालिनी
शालिनी
लौकिकम्
म त त गण ग ग (दुई गुरुवर्ण) भएको छन्द शालिनी हुन्छ। यसको सुरुको चारौँ वर्णमा र त्यसपछिको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ
मात्तौ गौ चेच्छालिनी वेदलोकैः ।
वंशस्थ
वंशस्थ
लौकिकम्
ज त ज र गण भएको छन्द वंशस्थ हुन्छ।
जतौ तु वंशस्थमुदीरितं जरौ ।
पञ्चचामर
पञ्चचामर
लौकिकम्
ज र ज र ज गण ग (गुरुवर्ण) भएको छन्द पञ्चचामर हुन्छ।
जरौ जरौ ततो जगौ च पञ्चचामरं वदेत् ।
स्रग्विणी
स्रग्विणी
लौकिकम्
चार र गण भएको छन्द स्रग्विणी हुन्छ।
कीर्तितैषा चतूरेफिका स्रग्विणी ।
मालिनी
मालिनी
लौकिकम्
न न म य य गण भएको छन्द मालिनी हुन्छ। यसको सुरुको आठौँ वर्णमा र त्यसपछिको सातौँ अर्थात् अन्त्यमा विश्राम हुन्छ।
ननमयय-युतेयं मालिनी भोगिलोकैः ।
मन्दाक्रान्ता
मन्दाक्रान्ता
लौकिकम्
म भ न त त गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ। यसको सुरुको चारौँ वर्ण, त्यसपछिको छैठौँ वर्ण र बाँकीको सातौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।
पृथ्वी
पृथ्वी
लौकिकम्
ज स ज स य गण ल ग (ह्रस्व, दीर्घ) भएको छन्द पृथ्वी हुन्छ। यसको सुरुको आठौँ वर्णमा र त्यसपछिको नवौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
जसौ जसयला वसु-ग्रहयतिश्च पृथ्वी गुरुः ।
शिखरिणी
शिखरिणी
लौकिकम्
म र भ न य य य गण भएको छन्द स्रग्धरा हुन्छ। यसको सुरुको सातौँ वर्ण, त्यसपछिको सातौँ वर्ण र बाँकीको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
रसै रुद्रैश्छिन्ना, यमनसभलागः शिखरिणी ।
शार्दूलविक्रीडित
शार्दूलविक्रीडित
लौकिकम्
म स ज स त त गण, ग (एक गुरुवर्ण) भएको छन्द शार्दूलविक्रीडित हुन्छ। यसको सुरुको बाह्रौँ वर्ण र त्यसपछिको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
सूर्याश्वैर्मसजस्तताः सगुरवः, शार्दूलविक्रीडितम् ।
स्रग्धरा
स्रग्धरा
लौकिकम्
म र भ न य य य गण भएको छन्द स्रग्धरा हुन्छ। यसको सुरुको सातौँ वर्ण, त्यसपछिको सातौँ वर्ण र बाँकीको सातौँ अर्थात् अन्तिममा विश्राम हुन्छ।
म्रभ्नैर्यानां त्रयेण त्रिमुनियतियुताः स्रग्धरा की
हरिणी
हरिणी
लौकिकम्
न स म र स गण, ल ग (ह्रस्व, गुरुवर्ण) भएको छन्द हरिणी हुन्छ। यसमा क्रमशः सुरुको छैठौँ वर्ण र त्यसपछि चारौँ एवं सातौँ वर्णमा विश्राम हुन्छ।
नसमरसलागः षड्वेदैर्हयैर्हरिणी मता ।
कोकिलक/नर्कुटक
कोकिलक/नर्कुटक
लौकिकम्
न ज भ ज ज गण, ल ग (ह्रस्व, गुरुवर्ण) भएको छन्द नर्कुटक हुन्छ। यसको सुरुको सातौँ वर्ण र त्यसपछिको दशौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
यदि भवतो नजौ भजजला गुरु कोकिलकम् ।
पुष्पिताग्रा
पुष्पिताग्रा
लौकिकम्
पहिलो र तेस्रो पाउमा न न र य गण, दोस्रो र चौँथो पाउमा न ज ज र गण, ग (एक गुरुवर्ण) भएको छन्द पुष्पिताग्रा हुन्छ।
अयुजि नयुगरेफतो यकारो युजि तु नजौ जरगाश्च पुष्पिता
आर्या
आर्या
लौकिकम्
जसको पहिलो र तेस्रो पाउमा १२ मात्रा हुन्छन्, दोस्रोमा १८ र चौथोमा १५ मात्रा हुन्छन्। त्यो आर्या जाति हो ।
यस्याः पादे प्रथमे, द्वादशमात्रास्तथा तृतीयेऽपि ।
प्रहर्षिणी
प्रहर्षिणी
लौकिकम्
म न ज र गण, ग (गुरुवर्ण) भएको छन्द प्रहर्षिणी हुन्छ। यसको सुरुको तेस्रो वर्णमा र त्यसपछिको दशौँ अर्थ
त्र्याशाभिर्मनजरगाः प्रहर्षिणीयम् ।
मत्तमयूर
मत्तमयूर
लौकिकम्
म त य स गण, ग (गुरुवर्ण) भएको छन्द मत्तमयूर हुन्छ। यसको सुरुको चारौँ वर्ण र त्यसपछिको नवौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
वेदै रन्ध्रैर्म्तौ यसगा मत्तमयूरम्।
मञ्जुभाषिणी
मञ्जुभाषिणी
लौकिकम्
स, ज, स, ज गण, ग (गुरुवर्ण) भएको छन्द मञ्जुभाषिणी हुन्छ।
सजसा जगौ च यदि मञ्जुभाषिणी।
शशिवदना
शशिवदना
लौकिकम्
न य गण भएको छन्द शशिवदना हुन्छ।
शशिवदना न्यौ
रुचिरा
रुचिरा
लौकिकम्
ज भ स ज गण, ग (गुरुवर्ण) भएको छन्द रुचिरा हुन्छ। यसको सुरुको चारौँ वर्ण र त्यसपछिको नवौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
जभौ सजौ गिति रुचिरा चतुर्ग्रहैः
वातोर्मी
वातोर्मी
लौकिकम्
म भ त गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द वातोर्मी हुन्छ।
वातोर्मीयं गदिता म्भौ तगौ गः।
मदिरा
मदिरा
लौकिकम्
७ वटा भ गण, ग (एक गुरुवर्ण) भएको छन्द मदिरा हुन्छ।
सप्तभकारयुतैकगुरुर्गदितेयमुदारतरा मदिरा
तन्वी
तन्वी
लौकिकम्
भ त न स भ भ न य गण भएको छन्द तन्वी हुन्छ। यसको सुरुको पाँचौँ वर्ण, त्यसपछिको सातौँ वर्ण र बाँकी रहेको बाह्रौँ वर्ण अर्थात् अन्तिममा विश्राम हुन्छ।
भूतमुनीनैर्यतिरिह भतनाः स्भौ भनयाश्च यदि भवति तन्व
श्रवणाभरण (महिषमर्दिनी)
श्रवणाभरण (महिषमर्दिनी)
लौकिकम्
न, ६ वटा जगण, ल ग (लघु, गुरुवर्ण) भएको छन्द श्रवणाभरण हुन्छ।
न इह जषट्कलघू गुरुरेक इति प्रथितं श्रवणाभरणम्
विद्युन्माला
विद्युन्माला
लौकिकम्
म म गण, ग ग (दुई गुरुवर्ण) भएको छन्द विद्युुन्माला हुन्छ।
मो मो गो गो विद्युन्माला
इन्द्रवंशा
इन्द्रवंशा
लौकिकम्
त त ज र गण भएको छन्द इन्द्रवंशा हुन्छ।
स्यादिन्द्रवंशा ततजौ रसंयुतौ।
वियोगिनी (सुन्दरी)
वियोगिनी (सुन्दरी)
लौकिकम्
पहिलो र तेस्रो पाउमा स स ज गण ग (एक गुरुवर्ण) दोस्रो र चौँथो पाउमा स भ र गण ल ग (ह्रस्व, गुरुवर्ण) भएको छन्द वियोगिनी(सुन्दरी) हुन्छ।
विषमे यदि सौ जगौ समे सभराल्गौ च तदा वियोगिनी

© २०८२ वैदिक अनुसन्धान गुठी सर्वाधिकार सुरक्षित ।

परिप्रश्न गोपनीयताको नीति सेवा र शर्तहरू